Logo

आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै गच्छदार



काठमाडौं, ६ असोज । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । पार्टी १४औं महाधिवेशनको तयारीमा होमिएको र अरु नेताहरुले आ–आफ्नो उम्मेद्धवारी दिइरहँदापनि उनी मौन थिए ।

मिडियामासमेत गच्छदार मौन बसेको भनेर समाचार आउन थालेपछि उनले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा र १४औं महाधिवेशनलक्षित रणनीति सार्वजनिक गर्न लागेका हुन् । उनले आज अपरान्ह १ बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनीनिकट नेताहरुका अनुसार १४औं महाधिवेशनमा उनले सभापति शेरबहादुर देउवाकै प्यानलबाट उपसभापतिमा उम्मेद्धवारी दिनेछन् । तर, यकिन भने भएको छैन् । file photo

 



प्रतिक्रिया दिनुहोस्