Logo

सभापति देउवासँग रामचन्द्र पौडेल आक्रोशित, पदाधिकारी बैठकमा कडा रुपमा प्रस्तुत हुने



काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा कुनै सल्लाह नै नगरी परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेको भन्दै आक्रोश पोखेका छन् । उनले सभापतिले कसलाई मन्त्री बनाउने भनेर पार्टीभित्र छलफल नगर्नु अराजक प्रवृत्ति भएको पनि टिप्पणी गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता पौडेलले आज साँझ बस्ने पदाधिकारी बैठकमा भने सभापतिविरुद्ध कडा रुपमा प्रस्तुत हुने जानकारी दिए । उनले भने,‘पार्टीमा संस्थागत रुपमा छलफल गरिएन, विधिको कुरा गर्ने अनि त्यसलाई फलो गरिएन भने के हुन्छ ?’

पौडेल पक्षले आफूहरुसँग सल्लाह नै नगरी प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले डा. खड्कालाई परराष्ट्रमन्त्री बनाएको भन्दै असन्तुष्टि पोखेको छ । खड्काले भने अहिले केही बेरमै मन्त्रीको सपथग्रहण गर्ने कार्यक्रम छ । मन्त्रालय पुगेर पदभारग्रहण गरेपछि खड्का आजै राति संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नेछन् । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्