Logo

गच्छेदारले भनेः मविरुद्ध षड्यन्त्र



काठमाडौं, ६ असोज । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदारले आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन् । आफूलाई ललिता निवास जग्गा प्रकरणमा झुटा मुद्दा लगाएर फसाउने षड्यन्त्र गरिएको बताएका हुन् ।

आज पत्रकार सम्मेलन आयोजना गरी गच्छेदारले भने, ‘मविरुद्ध षड्यन्त्र भयो, झुटा मुद्दा लगाएर फसाउन खोजियो ।’ उनले ललिता निवास जग्गा प्रकरणमा आफू निर्दोष भएको दाबी गरे ।

अख्तियारले राजनीतिक उद्देश्यबाट प्रेरित भएर छानी छानी मुद्दा चलाउन खोजेको आरोप लगाए । उनले भने, ‘उन्मुक्ति दिनु नपर्नेलाई दिइएको छ, मलाई राजनीतिक पूर्वाग्रहबाट ग्रसित भई चरित्र हत्या गर्ने षड्यन्त्र भयो ।’

आफूले कहिले देशलाई नोक्शान पुर्याउने कार्य नगरेको भन्दै अन्याय भएको बताए । उनले आफूले न्याय पाउने बताए ।

मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको जिकिर गरे । यसमा कुनै व्यक्तिगत लाभ नलिएको उनको भनाई थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्