Logo

काँग्रेस महाधिवेशन मंसिरमा हुनेमा आशंका



काठमाडौं, ७ असोज । नेपाली काँग्रेसको १४औं महाधिवेशन मंसिरमा हुनेमा आशंका बढेको छ । पटक पटक मिति सरेर मंसिर ९ देखि १३ सम्म गर्ने तय भएपनि तल्लो इकाईका अधिवेशनहरु सबै हुन नसक्नु र तालिका परिवर्तन भइरहनुले आशंका बढेको हो ।

यसअघि भदौ १६ देखि १९ सम्म हुन नसक्ने देखिएपछि नयाँ महाधिवेशनको नयाँ मिति तोकिएको हो । बुधबार कार्यतालिका फेरि परिवर्तन गर्ने सहमति भएको छ । जसअनुसार पालिका तहको अधिवेशन मात्र दशैं अगाडि गर्ने तय भएको छ ।

प्रदेश र क्षेत्रीय अधिवेशन चाँडपर्व पछि मात्र हुने भएको छ । अझै पनि कतिपय जिल्लाका वडा अधिवेशन हुन बाँकी छ । दुई चरणमा गरी ६४ जिल्लाको वडा तहको अधिवेशन सकिएको छ । क्रियाशील सदस्यता विवादले १३ जिल्लाको वडा अधिवेशन हुन बाँकी छ ।

वडा तहकै अधिवेशन बाँकी रहेकाले दशैं अगावै सबै पालिकाको अधिवेशन हुनेमा आशंका छ । ९ असोजमा पालिका तहको अधिवेशन हुँदैछ ।

यसैगरी, सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अर्ली इलेक्शनको प्रयासमा छन् । वैशाख या जेठमा चुनाव गर्ने देउवाको प्रयास बढेको छ । यसले पनि काँग्रेस महाधिवेशन प्रभावित हुन सक्ने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्