Logo

सिंहदरबारमा निर्वाचन र क्रियाशिल विवाद समाधान समितिसहित कांग्रेस पदाधिकारीको बैठक सुरु



काठमाडौं, ७ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहरबारमा सुरु भएको छ । संसदीय दलको कार्यालयमा सुरु बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित निर्वाचन समितिका सदस्यहरु र क्रियाशिल विवाद समाधान समितिका सदस्यहरु सहभागी छन् । प्रधानमन्त्री तथा सभापति देउवा भने भर्खरै बैठक हलमा प्रवेश गरेका छन् । कांग्रेसको क्षेत्र र जिल्ला अधिवेशन दसैँ/तिहारको बीचमा हुने जनाईको छ ।

कांग्रेस पदाधिकारी बैठक हिजो (बुधबार) पनि सिंहदरबारमा बसेको थियो । हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले अधिवेशन दसैँ/तिहारको बीचमा पु¥याउने समझदारी गरेको थियो । त्यही विषयमा आज निर्वाचन समितिका सदस्यहरुसँग सभापति र वरिष्ठ नेताले छलफल गर्न लागेका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्