Logo

रामहरी खतिवडाको दाबीः सबै मिलेर आएपनि कांग्रेस ठुलो दल बन्छ (भिडियोसहित)



काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पुर्व सभासद रामहरी खतिवडाले सबै पार्टी एकजुट हुँदा पनि आगामी चुनावमा कांग्रेस सबैभन्दा ठुलो दल बन्ने बताएका छन् । रिपोर्टर्स क्लब नामक युट्युब च्यानलमार्फत प्रशारण भएको ‘वैचारीक मन्थन’ कार्यक्रममा  पत्रकार सचिना बानियाँसँगको कुराकानीमा नेता खतिवडाले यस्तो टिप्पणी गरेका हुन् ।

नेता खतिवडाले भने, ‘अब कांग्रेसमा अन्तर्घात र गुट / उपगुट गर्ने कार्यकता हुँदैनन्, सबै दल मिल्दा पनि कांग्रेस सबैभन्दा ठुलो पार्टी बन्छ ।’
खतिवडाले संसद अबरुद्ध गरेर प्रतिपक्षिदल नेकपा (एमाले)ले गम्भिर गल्ती गरेको भन्दै सच्चिन आग्रह गरे । अब सबै मिलेर मुलुक बनाउनमा लाग्नुपर्ने उनले जोड दिए । उनले एमसिसी सम्झौता गर्दैमा नेपालमा अमेरिकी सेना नआउने पनि स्पष्ट पारे ।

उनले केपी शर्मा ओलीलाई सबैभन्दा धेरै गाली गर्ने भीम रावल नै अहिले ओलीको प्रवक्ता भएको समेत आरोप लगाए । ओलीले आफ्नै साथीहरुको व्यवस्थापन गर्न नसकेको, भुमिका दिन नसकेको भन्दै उनले भने, ‘ओलीले जनप्रिय नभई धनप्रिय भएर गुट र गाँटका मानिसलाई ल्याएर सरकार चलाएर हुन्छ ।’ ओलीको नेतृत्वमा गठन भएको सरकारले ३ वर्षमा ओली र ओलीको बोली मात्र जनताले पाएको उनको भनाई थियो ।

 



प्रतिक्रिया दिनुहोस्