Logo

यसकारण सर्दैछ काँग्रेस महाधिवेशन



काठमाडौं, ८ असोज । नेपाली काँग्रेसको महाधिवेशन मंसिरमा नहुने निश्चितप्रायः भएको छ । १३ जिल्लाका वडा तहको अधिवेशन क्रियाशील सदस्यताको विवादले अन्यौलमा परेपछि महाधिवेशन सर्ने अवस्था बनेको हो ।

सभापति शेरबहादुर देउवाले पनि महाधिवेशन सार्नेबारे छलफल बढाउन लगाएका छन् । त्यसै बमोजिम महामन्त्री पूर्णबहादुर खड्काले विषय छलफलमा राखेको बुझिएको छ ।

काँग्रेसको ६४ जिल्लाको वडा अधिवेशन भइसकेको छ । पालिकाहरुको अधिवेशन हुन बाँकी छ । त्यसपछि प्रदेश, क्षेत्र हुँदै जिल्ला तहको अधिवेशन हुनुपर्नेछ । प्रदेशभन्दा माथिको अधिवेशन दशैं पछाडि मात्र हुने भएको छ । कार्यतालिका परिवर्तन भएकाले मंसिरमा महाधिवेशन हुने सम्भावना कम छ । फागुनमा महाधिवेशन सार्नेबारे छलफल बढाइएको छ ।

काँग्रेसको १४औं महाधिवेशन ९ देखि १३ मंसिरका लागि तय भएको छ । यो चौथोपटक सारेर तय भएको मिति हो । यसअघि १६ देखि १९ भदौमा गर्ने तय भएको थियो । त्यसभन्दा अघि ७ देखि १० भदौमा गर्ने तय भएको थियो । सबैभन्दा पहिले १४ औं महाधिवेशन ७ देखि १० फागुन २०७७ मा गर्ने गरी मिति तोकिएको थियो ।

काँग्रेसको महाधिवेशन यस वर्षभित्र नहुने सम्भावना पनि प्रबल छ । अर्ली इलेक्शनको सम्भावना देखि स्थानीय निकायको निर्वाचनको जेठभित्र हुने भएकाले पनि महाधिवेशन प्रभावित हुनसक्छ ।

देउवा महाधिवेशन भन्दा आमचुनावमा चासो दिन थालेका छन् । उनी महाधिवेशन अर्को वर्षलाई सारेर चुनाव आफ्नै नेतृत्वको सरकारबाट गराएर लाभ लिन खोजिरहेका छन् । अर्ली इलेक्शन काँग्रेसका लागि फाइदाजनक हुनसक्ने देउवा पक्षको विश्लेषण भइरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot