Logo

एमालेको विद्यान महाधिवेशनको लागि प्रस्तुत तीन दस्तावेजमाथि समूहगत छलफल सम्पन्न



काठमाडौं, ९ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल सकिएको छ । भूगोलका सात प्रदेशसहित प्रवास, उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागहरुबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको समूह बनाएर विधान मस्यौदा, राजनीतिक र सांगठानिक प्रस्तावमाथि छलफल भएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, वागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा र लुम्बिनीबाट दलवहादुर रानाले आ-आफ्नो समूहको निष्कर्ष सुनाउनेछन् । त्यस्तै कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराईले निष्कर्ष सुनाउनेछन् । file photo

 

 



प्रतिक्रिया दिनुहोस्