Logo

काँग्रेसमा ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लाग्न बाँकी



काठमाडौं, ९ असोज । नेपाली काँग्रेसको ६९ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लागी ६४ जिल्लाको वडा तहको अधिवेशन समेत भइसकेको छ । पालिका तहको चुनाव पनि बढेको छ ।

आज महोत्तरी, सिराहा, डोल्पा, सुर्खेत र बाँकेको क्रियाशील सदस्यता विवाद टुंगिएको छ । ती जिल्लाको क्रियाशील सदस्यताको सूची समेत निर्वाचन समितिमा पुगेको बुझिएको छ ।

अब पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा क्रियाशील सदस्यताको टुंगो लाग्न बाँकी छ । तराईका जिल्लाहरु काँग्रेसको बलियो पकड भएको क्षेत्र भएकाले चासो बढी छ । त्यहाँ बढी प्रतिनिधि चयन भएर आउने गर्छन् ।

आज ५४ जिल्लामा पालिका तहका अधिवेशन भएका छन् । कतिपय पालिकाहरुमा सुरु भएपनि सम्पन्न भएको छैन । १० जिल्लामा आज सुरु भएन ।

मंसिरका लागि तय भएको काँग्रेस महाधिवेशनको कार्यतालिका सरेको सरै छ । दशैं अगाडि पालिका तहको अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, सबै जिल्लामा हुने सम्भावना कमजोर छ ।



प्रतिक्रिया दिनुहोस्