एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने आचार्यको घोषणा (भिडियो सहित)


काठमाडौं, १० असोज। गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।​

एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको आचार्यले बताए । विवादको विधान सम्वत समाधान खोजेर निर्धारित मितिमा स्वतन्त्र, धाँधलीरहित निर्वाचन गर्नेमा उनले जोड दिए । अघिल्लो निर्वाचनमा उनी वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए ।