Logo

ओलीको टिप्पणी : ‘एउटा पनि काम नगरेकाहरू त चुनावमा जाने भन्दैछन्, हामी किन डराउने ?’



काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु निर्वाचनमा जान आँतुर रहेको र चुनाव जित्ने दाबी गरेका छन् । काठमाडौंमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु निर्वाचनमा जानको लागि किन आँत्तिनुपर्ने ? भन्दै प्रश्नसमेत तेर्साएका छन् ।

उनले आफू नेतृत्वको यसअघिको सरकारले धेरै राम्रो काम गरेको दाबी गरे । सम्बोधनको क्रममा उनले भने,‘हामीले देश र जनतापक्षमा धेरै असाधारण कामहरू गरेका छौं, चुनावमा कसरी भोट माग्ने होला भन्ने अवस्था छैन, एउटा पनि काम नगरेकाहरू त चुनावमा जाने भन्दैछन्, हामी किन डराउने ?’

आजको बैठकमार्फत अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई पनि जवाफ फर्काएका छन् । हिजोमात्रै माधव नेपालले आगामी निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताएका थिए । त्यसको जवाफमा ओलीले भने,‘मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो ।’ file photo



प्रतिक्रिया दिनुहोस्