प्रतिनिधि सभा बैठक दिउँसो २ बजे बस्दै


काठमाडौं, ११ असोज। प्रतिनिधिसभाको बैठक बस्दै छ। आज (सोमबार) नयाँ वानेश्वरस्थित संसद भवनमा दिउँसो २ बजे बस्ने भएको छ । सभामा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजी छ ।

एमाले सांसदहरुको नाराबाजीकै बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक बिहीबारको बैठकबाट पारित भएका छन्। एमालेको अवरोध र नाराबाजीकैबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट प्रतिस्थापन विधेयक यस अघि नै पारित भइसकेको छ।-File Photo