Logo

कुल आचार्यको घोषणा : ‘कुमार पन्तजीले मेरो घरमै गएर अबको अध्यक्ष म कुल दाईलाई देख्न चाहन्छु भनिसक्नुभएको छ’ (भिडिओसहित)



काठमाडौं, ११ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका कुल आचार्यले आफूलाई वर्तमान अध्यक्ष कुमार पन्तले सहयोग गर्ने विश्वास दिलाएका छन् । उनले भने,‘उहाँले त मेरै गाउँमा गएर कुल दाई, तपाईँ अगाडि बढ्नुहोस भन्नुभएको छ। उहाँले यसपछिको अध्यक्ष अब म कुल दाईलाई देख्न चाहन्छु भनेर भनिसक्नुभएको छ । उहाँले फेरि नेतृत्वमा दोहोर्याउनुहुन्छ भन्ने मलाई लाग्दैन् ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यसअघि संस्थापक अध्यक्ष उपेन्द्र महतो र संरक्षक शेष घलेले मात्रै नेतृत्वमा दोहोर्याएको भन्दै यसपटक पन्तले नदोहोर्याउने स्पष्ट पारे । उनले एनआरएनएको महाधिवेशनमा पार्टीका हस्तक्षेप नहुने पनि जिकिर गरे ।

उनले आफू यसअघि पराजित भएपनि अहिले नेतृत्वमा आउन खोज्नु स्वभाविक भएको र चुनाव लड्न पाउनु अधिकरा भएको सुनाए । उनले अध्यक्षका अर्का प्रतिष्पर्धी डा. बद्री केसीलाई पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछानेको सहयोग रहेको छ भन्नु गलत भएको सुनाए । उनले पूर्व अध्यक्षहरुलाई कसैको पक्षमा नलागि बस्नसमेत आग्रह गरे । बरु, नेतृत्वमा सर्वसम्मती बनाउन पूर्व अध्यक्षहरुले पहल गर्नुपर्नेमा उनको जोड थियो ।



प्रतिक्रिया दिनुहोस्