Logo

असोज १४ गते दिउँसो १ बजे बस्नेगरि प्रतिनिधिसभाको बैठक स्थगित्



काठमाडौं, ११ असोज । असोज १४ गते दिउँसो १ बजे बस्नेगरि प्रतिनिधिसभाको बैठक स्थगित् भएको छ । आज (सोमबार) बसेको बैठकमा विनियोजन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराईएको थियो ।

बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेका थिए । आजपनि एमाले सांसदहरुको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापाकोटाले विनियोजन विधेयक राष्ट्रपति भण्डारीबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्