Logo

विशेष अदालतद्वारा चूडामणि शर्मासँग ५० लाख धरौटी माग



काठमाडौं, ११ ओज । आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ । उनीमाथि अख्तियारले कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदाताहरूलाई अनियमिततापूर्वक छुट दिएको भन्दै चारवर्षअघि भ्रष्टाचार मुद्दा लगाएको थियो ।

विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग ५० लाख धरौटी माग गरेको हो । सोमबार शर्मा विशेष अदालतमा उपस्थित् भएका थिए । शर्माको बयानपछि उनलाई धरौटीमा रिहा गर्ने टुँगो लागेको हो । file photo



प्रतिक्रिया दिनुहोस्