Logo

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको लागि सिफारिश



काठमाडौं, ११ असोज । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश खारेजीको लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ । आज साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजीको सिफारिश गरेको हो ।

सत्ता गठबन्धनका नेताहरुबीचको सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आजको मन्त्रिपरिषद् बैठकमा अध्यादेश फिर्ताको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेका हुन् ।

योसँगै सरकारले पूर्णता पाउने बुझिएको छ । प्रधानमन्त्री देउवाले भोलि नै सरकारलाई पूर्णता दिनेगरि छलफलसमेत अघि बढाएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्