Logo

खगेन्द्र संग्रौलाको टिप्पणी अध्यादेशको धन्दा दुईजिब्रे फटाहाको बेतुक बकबकजस्तो !



काठमाडौं, १२ असोज । विश्लेषक खगेन्द्र संग्रोलाले अध्यादेशको धन्दा दुईजिब्रे फटाहाको बेतुक बकबकजस्तो भएको टिप्पणी गरेका छन् ।उनले दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएपछि सामाजिक सञ्जाल टिव्टरमा लेख्दै यस्तो टिप्पणी गरेका हुन् ।

पहिले दुई चोइटालाई पार्टीको दर्जा दिन २० प्रतिशतको मापदण्ड बनाइएको भन्दै अहिले त्यही २० प्रतिशतले पार्टी फुट्लान् भन्ने डरले दल विभाजन सम्बन्धी अध्यादेश बदर गरिएको, संग्रौलाले लेखेका छन् ।
उनले लेखेका छन्, ‘अध्यादेशको धन्दा दुईजिब्रे फटाहाको बेतुक बकबकजस्तो !

पहिले दुई पार्टीका दुई चोइटालाई पार्टीको दर्जा दिन २० प्रतिशतको मापदण्ड बनाइयो । अहिले त्यही २० प्रतिशतले यिनै चोइटे पार्टी फुट्लान् भन्ने डरले २० प्रतिशतलाई बदर गरियो । विधिव्यवस्था त स्वार्थी सनकसिंको बालक्रीडा पो भो’ !



प्रतिक्रिया दिनुहोस्