Logo

त्रिभुवन विमानस्थलबाट सुनसहित २ जना पक्राउ



काठमाडौं, १२ असोज । त्रिभुवन विमानस्थलबाट सुनसहित २ जना पक्राउ परेका छन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अन्तराष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रबाट ९ सय ४९ दशमलव ५ ग्राम सुनसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका ३३ वर्षीय समुन्द्र दंगाल र बढानिलकण्ठ नगरपालिका–१२ बस्ने ४३ वर्षीय सन्तविर राई रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्