Logo

‘सुदूरपश्चिम प्रदेशको ईन्चार्ज म नै हुँ’ : लेखराज भट्ट



काठमाडौं, १२ असोज । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले सुदुरपश्चिम प्रदेशको ईन्चार्ज आफू नै भएको बताएका छन् । आज दश बुँदे सहमति कार्यान्वयनको लागि गठित कार्यदलको बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले आफू नै सुदुरपश्चिम प्रदेशको ईन्चार्ज भएको बताएका हुन् । उनले दश बुँदे सहमतिलाई कार्यान्व्यन गर्ने सवालमा आज गम्भीर छलफल भएको जनाए ।

उनले भने,‘त्यसका लागि २०७५ साल जेठ २, जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशीलहरुको कामको मूल्याङ्कनलाई आधार बनाएर अघि बढ्न छलफल गरिएको छ।’ उनकाअनुसार ुविवाद देखिएका ठाउँमा कुरो मिलाउने सहमति भएको पनि सुनाए । उनले सुदुरपश्चिम प्रदेशमा कुनै विवाद नभएको पनि प्रतिक्रिया दिए ।

उता, भीम रावलले दश बुँदे धेरै ठाउँमा कार्यान्वयन भैसकेकोले अब केही ठाउँमा मात्रै बाँकी रहेको सुनाएका छन् । उनले अहिले पार्टीभित्र देखिएका आन्तरिक समस्या हल हुँदै जाने विश्वास दिलाए । file photo



प्रतिक्रिया दिनुहोस्