Logo

‘देशलाई अहिले ईमानदार तानाशाह चाहिएको छ’ : ऋषि धमला (भिडिओसहित)



काठमाडौं, १२ असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले अब मुलुकलाई ‘विकासको युग नायक’ चाहिएको बताएका छन् । उनले संविधानसभाबाट संविधान जारी भएको भन्दै अब विकास र समृद्धिको एजेण्डा बोक्नुपर्नेमा जोड दिएका छन् ।

डा. नवि अधिकारी (टाकिन्द्र) को शब्द र सन्तोष श्रेष्ठको स्वरमा सजिएको ‘खोजिरहेछ देशले एक युग नायक’ नामक म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले भने,‘यो देशलाई नेपालीहरुको एउटा स्वाभिमान, राष्ट्रियताप्रति नेपालीहरु अटुट छन्, कहिल्यैपनि कोहीसँग सम्झौता गर्दैनन् । हाम्रो एक ईन्च पनि जमिन भारत वा चीन कसैले पनि मिचेको नेपाली जनतालाई सह्यै हुँदैन् । त्यस्तो युग नायक चाहिएको छ–भारत र चीनलाई कन्भिन्स गर्नसक्ने युग नायक चाहिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छबि राम्रो बनाउने युग नायक चाहिएको छ । लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग नेता चाहिएको छ । देशलाई अहिले ईमानदार तानाशाह चाहिएको छ ।’



प्रतिक्रिया दिनुहोस्