Logo

ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन राष्ट्रपतिको आह्वान



काठमाडौं, असोज १५ । ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु तथा सम्मानित जीवनको लागि शुभकामना व्यक्त गरेकी छन् ।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरेपछि सन् १९९१ देखि आजको दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छन् ।

यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका लागि संयुक्त राष्ट्र संघले ‘सबै उमेर समूहको लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने मूल विषय निर्धारण गरेको छ ।

तीव्र रूपमा विकसित भइरहेको विद्युतीय प्रविधिको माध्यमबाट ज्येष्ठ नागरिकको जीवनलाई सरल र सम्मानित बनाउन हामीले गर्ने थप मिहिनेतले मात्र यो अभियान सार्थक हुन सक्दछ ।

कोभिड–१९ महामारीको बीचमा पनि नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकारहरू, स्थानीय तहहरू र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ लगायत विभिन्न संघ संस्थाले विद्युतीय प्रविधिको प्रयोगबाट ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र सम्वर्द्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागेकोमा राष्ट्रपतिले खुसीसमेत व्यक्त गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्