काठमडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । आज पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले भने,‘सकेसम्म आजै मन्त्रिपरिषद विस्तार र सपथ गराउने भन्ने छ। नभए पनि मन्त्री हुनेहरू टुंग्याउने भन्ने छ ।’
लामो समयदेखि सरकारलाई पूर्णता दिन नसकेको भनेर प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भैरहेको छ । माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि सरकारलाई पूर्णता दिने भनेर प्रधानमन्त्री देउवाले भनेका थिए । आजमात्रै माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनी ज्वरो र रुघाखोकी लागेर ६ दिन अस्पताल बसेका थिए । file photo




प्रतिक्रिया