काठमाण्डौ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज भारतीय सुरक्षाकर्मी (एसएसबी) हरू छिरेपछि स्थानीय र सुरक्षाकर्मीहरूबीच विवाद उत्पन्न भएको छ ।
सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेपछि स्थानीयवासीले प्रतिकार गरेका हुन् । सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएको एक स्थानीयवासीले बताए ।
सुरक्षाकर्मीहरूले स्थानीयहरूको कुरा नसुनी सीमाभित्रै रहेपछि उनीहरूले प्रतिकार गरेको हो । हतियारसहित उपस्थित भएका सुरक्षाकर्मीहरूलाई देखेपछि नागरिकहरूले पनि आफ्नो आक्रोश पोखेका थिए ।
‘किन यहाँ बारम्बार आउनुहुन्छ ? यो बिहार होइन ,’ एक स्थानीयले भनेका थिए ।
नेपाली पक्षको सम्बन्धित निकायले पनि यस विषयमा चासो नदिएकाले सुस्तावासीहरू दुवैतिरबाट मारमा परेको स्थानीयहरुको गुनासो छ ।



प्रतिक्रिया