Logo

झलनाथको टिप्पणी : सरकारले जनताको आवाज सुन्नुपर्छ, राजनीतिक संयन्त्र आवश्यक छ (भिडिओसहित)



काठमाडौं, २६ असोज । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अहिले देशकासामू धेरैखालको समस्या रहेको विद्यमान रहेको सुनाए । यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको बेथितिलाई सच्याउनुपर्नेमा जोड दिएका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले मुलुकमा कोभिडको महामारीमा रहेकोले यसबाट पनि मुलुकलाई बचाउनुपर्नेमा जोड दिएका छन् ।

उनले सरकारले जनताका आवाजलाई सुन्नुपर्नेपनि बताए । उनले भने, म सरकारलाई भन्न चाहन्छु, जनताका समस्या सुन्नुहोस । हामीले सरकार सञ्चालनको लागि कार्यक्रम बनाएका छौं । त्यसैले सरकारले जनतालाई समाधान दिनको लागि प्रयत्न गर्नुपर्छ । उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुको कुरा सुनेको पनि सुनाए । यद्धपी कतिपय कुरा सुन्नेमा प्रधानमन्त्रीबाट समस्या पनि होला भन्ने खनालको टिप्पणी छ ।

उनले आफूहरुले अघि सारेको साझा न्यूनतम कार्यक्रम लागु हुने विश्वास दिलाए । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने भनेर राखेको प्रस्तावमा छलफल जारी रहेको सुनाए ।

उनले आफूहरुले के गर्दा लोकतन्त्र बलियो हुन्छ ? र विकास गर्न सकिन्छ ? भन्नेमा सहमत भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले सरकार सञ्चालनको लागि राजनीतिक संयन्त्र आवश्यक रहको सुनाए ।



प्रतिक्रिया दिनुहोस्