Logo

ट्याक्टर दुर्घटनामा बैतडी एमाले अध्यक्ष सुरेन्द्र पालका छोराको मृत्यु



बैतडी, २७ असोज । ट्याक्टर दुर्घटनामा नेकपा एमाले बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा योगेश पालको मृत्यु भएको छ । मंगलबार राति गोकुलेश्वरदेखि सतंबाज आउँदै गरेको ट्याक्टर साढे १२ बजे दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ को तारलमा दुर्घटना हुँदा २३ वर्षीय पालको मृत्यु भएको हो ।

डिलाशैनी गाउँपालिका वडा नम्बर ३ पंसेराका पालले नै ट्याक्टर चलाएका थिए । उनी घटनापछि गम्भीर घाइते भई जिल्ला अस्पताल बैतडीमा उपचारका लागि लगिएका थिए । त्यहाँ उनको मृत्यु भएको थियो ।

दुर्घटनाको कारण भने खुलेको छैन। मृतक पाल केही समय अगाडि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। उक्त दुर्घटनामा मुश्किलले बाँचेका उनको ट्याक्टर दुर्घटनामा निधन भयो ।



प्रतिक्रिया दिनुहोस्