माईतीघरका अनसनकारीहरुको जुस खुवाएर अहिले केहीबेरमा अनशन तोडाउने तयारी


काठमाडौं, २ कार्तिक । न्यायको गुहार माग्दै माईतीघर मण्डलामा धर्नामा बसेका नेपालगन्जका महिलाहरुले आज अनशन तोड्ने भएका छन् । अहिले केहीबेरमै उनीहरुलाई जुस खुवाएर अनसशन तोडाउनेगरि तयारी भएको हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए ।

यो भन्दा अघि उनीहरुको मागलाई समर्थन गर्दै महिला आयोगकी अध्यक्ष कमला पराजुली, सदस्यहरु कृष्णकुमारी पौडेल (खतिवडा), जया घिमिरे, सावित्रा शर्मा र राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारी धर्नास्थलमा पुगेर एक्यबद्धता जनाएका थिए । महिलाहरु राष्ट्रिय महिला अधिकार मञ्च, बाँकेको आयोजनामा धर्नामा छन् ।

उनीहरुले घरेलु हिंसा पीडित महिला नन्कुन्नी धोबी हत्यका दोषीहरु तथा विद्यवा महिला निर्मला कुर्मी हत्याका सबै दोषीहरुलाई तुरुन्त पक्राउ गरी कारबाही गरियोस, बाँके जिल्ला जि।प्र।का।का एसपी श्यामकृष्णा अधिकारी तथा डि।एस।पी। मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गरियोस भन्ने माग अघि सारेका छन् ।

उनीहरुले राखेको ब्यानरमा ‘अपहरण, शरिर बन्धक, कर्तव्य ज्यान गरि मार्नेहरु होसियार, मौन बस्ने सरकार खबरदार’ लेखिएको छ । न्याय माग्दै ती महिलाहरु नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा आएका थिए ।

 

Skip This

Omoda E5 Pro