Logo

अर्ली ईलेक्शन सम्भव छैन, संसद्ले पूर्ण कार्यकाल काम गर्नुपर्छ : रामचन्द्र पौडेल



धनगढी, ६ कार्तिक । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले अर्ली इलेक्सन सम्भव नरहेको स्पष्ट पारेका छन् । आज (शनिबार) धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरुले लडेर संसद् पुनःस्थापना गरेको भन्दै संसद्ले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताएका हुन् । पछिल्लो समय कांग्रेसकै नेताहरुले अर्ली ईलेक्सनको कुरा उठाईरहेको बेला नेता पौडेलको यस्तो भनाई आएको हो ।

उनले भने,‘अहिले अर्ली इलेक्सन सम्भव छैन । संसदले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्छ भनेर नै हिजो हामी अदालत गएका हौं । त्यसैले संसदले आफ्नो काम कारबाही अगाडि बढाउनुपर्छ ।’ file photo

 



प्रतिक्रिया दिनुहोस्