प्रचण्डको खुलासा : ‘भारत त लास्टैसम्म पनि माओवादीलाई दबाएरै सिध्याउनुपर्छ भन्ने चाहन्थ्यो’


काठमाडौं, ८ कार्तिक । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘माओवादीहरु भारतद्धारा उत्पादन गरिएको हो, उनीहरुलाई तालिम पनि भारतले नै दिएको हो, उनीहरुलाई हातहतियार पनि सबै भारतले नै प्रदान गरेको हो’ भन्ने निकै ठूलो स्टोरी, ईलुजन नेपाली समाजमा एउटा वर्गले पार्न धेरै बल गरेको टिप्पणी गरेका छन् ।

आज (सोमबार) काठमाडौंमा आयोजित नेपालका लागि भारतका पूर्वराजदूत रञ्जीत रेको हालै प्रकाशित पुस्तक ‘काठमाण्डु ईन डिलेमा : रिसेटलिङ ईण्डिया–नेपाल टाईज’ बारे समिक्षा गर्दै दाहालले यस्तो बताएका हुन् । उनले रायको पुस्तकमा माओवादीहरु भारतद्धारा उत्पादन गरिएको होईन भनेर प्रमाणित र आधिकारिक रुपमा व्याख्या गरिएको भन्दै आफूहरु खुशी भएको प्रतिक्रिया दिए ।

उनले भने,‘त्यो भ्रम चाहीँ यो किताबले चिरिदिन्छ । भारत त लास्टैसम्म पनि माओवादीलाई दबाएरै सिध्याउनुपर्छ भन्ने चाहन्थ्यो । आतंककारी नै ठान्दथ्यो, कुनै सहयोग गरेको होईन । बरु, भारतमा नै थुप्रै माओवादीहरु गिरफ्तार गरिएकै हुन् । अन्तिममा १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताको तयारी हुँदै गर्दा पनि भारतीय नेतृत्व पँक्तिमा दुई खालको धार थियो, एउटा कुनैपनि हालतमा माओवादी पिसमा ल्याउन हुँदैन, उनीहरुलाई दबाएर नै सिध्याउनुपर्छ भन्ने थियो । अर्कोले भने सेटेल गर्नुपर्छ भन्ने थियो । त्यो कुरा पनि रञ्जित रायले बडो स्पष्ट रुपमा राख्नुभएको छ ।’ उनले नेपाल र भारतबीच ईतिहासदेखि नै सुमधुर सम्बन्ध रहेको सुनाए । उनले भारतसँग खुला सिमा हुँदैमा समस्या नभएको पनि जिकिर गरे । Photo By : Mukunda Kalikote/ReportersNepal

Skip This

Omoda E5 Pro