ताइवानलाई संयुक्त राष्ट्रसंघमा सामेल हुने कुनै अधिकार छैन : चीन


एजेन्सी, ११ कात्तिक। ताइवानलाई संयुक्त राष्ट्रसंघमा सामेल हुने कुनै अधिकार नभएको चीनले स्पष्ट परेको छन् । अमेरिकाले राष्ट्रसंघमा ताइवानको पनि अर्थपूर्ण सहभागिता हुनुपर्ने आवाज उठाएपछि चीनले यस्तो जवाफ फर्काएको हो ।

बुधबार चीनको बेइजिङस्थित ताइवान मामिला हेर्ने कार्यालयका प्रवक्ता मा सियाओगुआङले राष्ट्रसँगमा सामेल हुने अधिकार ताइवानलाई नभएको बताएका हुन्। उनले भनेका विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘राष्ट्रसंघ सावैभाम सत्तासम्पन्न मुलुकहरुको अन्तर्राष्ट्रिय संगठन हो। ताइवान चीनको एक भाग हो।’

यसअघि ताइवानका अधिकारीले अमेरिकी प्रतिनिधिसँगको वार्तामा राष्ट्रसंघमा ताइवानको भूमिका हुनुपर्ने इच्छा व्यक्त गरेका थिए। यसअघि मंगलबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ताइवानलाई निरन्तर राष्ट्रसंघमा प्रवेश गर्नबाट रोक लगाइएकोमा खेद व्यक्त गरेका थिए। ताइवानले आफूलाई सार्वभौम मुलुक भएको दाबी गर्दै आएको छ।-Photo: Agency

Skip This

Omoda E5 Pro