एमाले केन्द्रीय कमिटी बैठक शुरू


काठमाडौँ, १२ कात्तिक। नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक शुरू भएको हो । पार्टीको राष्ट्रिय महाधिवेशनबारे हिजोको स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्न आज केन्द्रीय कमिटी बैठक बसेको हो।

हिजोको स्थायी कमिटी बैठकले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी गराउने निर्णय गरेको छ। स्थायी कमिटीले पास गरेको प्रतिनिधि छनोटको मापदण्ड आजको केन्द्रीय बैठकमा पेश गरिने छ।

एमालेको मंसिर १० देखि १३ सम्म चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्न लागेको छ । एमालेले अहिले सम्पूर्ण ध्यान महाधिवेशन आयोजनामा केन्द्रित गरेको छ ।-File Photo

Skip This

Omoda E5 Pro