काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इनम सापकोटाको भूमिकालाई लिएर सरकारमाथि प्रश्न उठाएका छन्।
एमाले बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले इनम सापकोटालाई सरकारले नै बिचौलियाका रूपमा प्रयोग गरेको आरोप लगाए।
उनले सापकोटाको सम्बन्ध, सम्पर्क र कारोबारबारे विभिन्न प्रश्न उठाउँदै सरकारले उनलाई कुन प्रयोजनका लागि परिचालन गरिरहेको हो भन्ने आफूले बुझ्न नसकेको बताए।
‘कहिले के निस्किन्छ, कहिले के निस्किन्छ, अहिले एउटा के बाबु निस्किया छ, इनम सापकोटा। इनम भन्ने एउटा बाबु फेरि त्यो कताबाट निकालेर नचाइराखेका छन्, त्यो के नचाएको हो, त्यो बुझ्दिनँ। इनम सापकोटा भन्ने नचाएका छन्,’ ओलीले भने।
उनले थपे, ‘इनम सापकोटा जताबाट हेर्यो, त्यो उनकै सम्पर्क, सम्बन्ध, कारोबारी, बिचौलिया जे देखिन्छ। यो केका विरुद्ध अब यही दानबहादुरमा सिद्धियो इनम कि अरू कुरामा पनि काम लाग्छ थाहा छैन।’




प्रतिक्रिया