Logo

रामचन्द्रले प्रधानन्यायाधीश जबरालाई भने–छिटो राजीनामा दिँदामात्रै सम्मानजनक बहिर्गमन हुन्छ



काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तत्काल पदबाट राजीनामा दिन आग्रह गरेका छन् । आज नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जति छिटो राजीनामा दिए त्यति नै प्रधानन्यायाधीश जबरालाई राम्रो हुने र जबराले भनेजस्तो सम्मानजनक बहिर्गमन हुने टिप्पणी गरे । उनले भने,‘तपाईँले जति छिटो राजीनामा दिनुहुन्छ, त्यति नै राम्रो हुन्छ । र तपाईँले भनेजस्तो सम्मानजनक बहिर्गमन हुन्छ । होईन, ढिला गर्नुभयो भने असम्मानजनक बहिर्गमन हुन्छ ।’

पछिल्लो समय नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot