Logo

झलनाथ खनाल पार्टी काममा फर्किए, विदेश विभागको बैठक बस्यो



काठमाडौं, २३ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पार्टीको नियमित काममा फर्किएका छन् । उनी पार्टीको विदेश विभाग प्रमुखसमेत हुन् । उनले हिजो (सोमबार) विदेश विभागको आफ्नो अध्यक्षतामा बैठकसमेत राखेका छन् ।

उक्त बैठकले विदेश विभागको कार्यालय व्यवस्थित गर्ने, वर्तमान विश्व कम्युनिष्ट आन्दोलनको बारेमा यथार्थ स्थितिको अवलोकन गर्ने, विभिन्न देशमा रहेका कम्युनिष्ट पार्टीहरूको बारेमा अध्ययन गर्ने, सम्पर्क गर्ने र सम्बन्ध विस्तार गर्ने, नेपाली कम्युनिष्ट आन्दोलनको बारेमा मित्र पार्टीलाई जानकारी गराउने, विदेश विभागको तर्फबाट सोसिलिजम नामक मासिक पत्रिका नियमित प्रकाशन गर्ने निर्णय गरेको खनालले जनाएका छन् ।

त्यस्तै, विदेश विभागको सचिवमा विदेश विभाग सदस्य डा. शंकर खतिवडालाई नियुक्त गर्ने निर्णय गरिएको पनि उनले जनाएका छन् । नेता खनाल मिर्गौलाको प्रत्यारोपण गरेर भारतबाट स्वदेश फर्किएपछि घरमै आराम गरिरहेका थिए । अब भने उनी पार्टी काममा सक्रिय भएका छन् ।



प्रतिक्रिया दिनुहोस्