Logo

कहाँ–कहाँ तोकिए दीर्घरोगीलाई लगाउने फाइजर खोप केन्द्र



काठमाडौं, २५ कात्तिक । सरकारले १२ वर्षमाथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजरको पहिलो डोज खोप लगाउने भएको छ । ४ मंसिरसम्म सात दिन पहिलो डोज लगाउनेलाई २७ मंसिरदेखि २ पुससम्म दोस्रो डोज दिने तालिका छ । आइतबारदेखि लगाउन थालिने उक्त खोप देशभरका २४ वटा अस्पतालबाट लगाईने छ । लक्षित दीर्घरोगीले खोप लगाउन जाँदा उपचार गराइरहेको अस्पताल वा चिकित्सकले जारी गरेको उपचारसम्बन्धी पुर्जा अनिवार्य लैजानुपर्ने छ।

सरकारले तोकेका देशभरका खोपकेन्द्रहरु
– गंगालाल हृदयरोग केन्द्र (काठमाडौं)
– शिक्षण अस्पताल (काठमाडौं)
– वीर अस्पताल (काठमाडौं)
– निजामती कर्मचारी अस्पताल (काठमाडौं)
– वीरेन्द्र सैनिक अस्पताल (काठमाडौं)
– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर)
– भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर)
– मानव अंग प्रत्यारोपण केन्द्र (भक्तपुर)
– मेची अञ्चल अस्पताल (भद्रपुर)
– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)
– कोसी अञ्चल अस्पताल (विराटनगर)
– गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान (राजविराज)
– नारायणी अञ्चल अस्पताल (वीरगन्ज)
– जनकपुर प्रादेशिक अस्पताल (जनकपुर)
– बिपी कोइराला क्यान्सर अस्पताल (भरतपुर)
– धुलिखेल अस्पताल (धुलिखेल)
– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा)
– धौलागिरि अस्पताल (बाग्लुङ)
– लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल)
– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ)
– भेरी अस्पताल (नेपालगन्ज)
– कर्णाली प्रदेश अस्पताल (सुर्खेत)
– सेती प्रादेशिक अस्पताल (धनगढी)
– डडेल्धुरा अस्पताल (अमरगढी)



प्रतिक्रिया दिनुहोस्