कांग्रेस महाधिवेशनः जिल्ला सभापतिमा देउवा पक्ष बलियो, कुन–कुन जिल्लामा कसले जिते ?(नामावलीसहित)


काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत २५ जिल्लाको नतिजा सार्वजनिक भएको छ । २५ जिल्लाको सभापतिमध्ये पार्टीका सभापति शेरबहादुर देउवा पक्षका १३ जना निर्वाचित भएका छन् । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षको (संस्थापनइतर) समुहबाट ११ जना जिल्ला सभापति निर्वाचित भएका छन् । जाजरकोटमा सर्वसम्मत सभापति भएका वेदराज सिंहले आफु कुन पक्षको खुलाएको छैनन् ।

संस्थापन पक्षमा मनाङमा शंकर गुरुङ, हुम्लामा मोहन विक्रम सिंह,ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, रामेछापमा पुर्णबहादुर (कान्छाराम) तामाङ, मुगुमा ऐनबहादुर शाही, पाँचथरमा रुप नारायण जगेवु, लमजुङमा डा.टकराज गुरुङ, सल्यानमा केशवबहादुर विष्ट, डडेल्धुरामा भीमबहादुर साउद, म्याग्दीमा खमबहादुर गर्बुजा, बझाङमा खडकबहादुर बोहोरा, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही जिल्ला सभापतिमा संस्थापन पक्षबाट निर्वाचित भएका हुन् ।

त्यस्तै, पौडेल पक्षका निर्वाचित जिल्ला सभापतिहरुः मुस्ताङ जिल्लामा रोमी गौचन थकाली, रुकुमपुर्वमा केशरमान रोका, कालिकोटमा अम्बरबहादुर शाही, संखुवासभामा दीपक खड्का, गोरखामा नन्दप्रसाद न्यौपाने, दोलखामा बर्मा लामा, बाजुरामा रामसिंह रावल, भोजपुर, बिनोद वान्तवा, अर्घाआँचीमा केशव श्रेष्ठ, प्युठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द गरी पौडेल पक्षका ११ जना सभापतिहरु निर्वाचित भएका छन् ।

Skip This

Omoda E5 Pro