Logo

कोइलाखानीमा आगलागी हुँदा ५२ मजदुरको मृत्यु, ठुलो संख्यामा हताहती



एजेन्सी, १० मंसिर । रुसको लिस्भ्याजनया खानीमा आगलागी हुँदा करीब ५२ जना मजदुरको निसास्सिएर मृत्यु भएको छ । आगलागीमा परेर ४९ जना मजदुर घाइते भएका छन् । खानीमा हावा जाने द्धारमा जम्मा भएको धुलोमा आगलागी हुँदा खानी भित्र रहेका मजदुरहरुको निसास्सिएर मृत्यु भएको हो ।

घाइते भएका मध्ये धेरै जनाको अवस्था गम्भिर रहेको एजेन्सीले जनाएको छ। खानीमा फसेकाहरुलाई उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको छ भने ठुलो संख्यामा हताहती पनि भएको छ ।

आगोलागी हुँदा खानीमा २ सय ८५ जना मजदुरहरुले काम गरिरहेका थिए । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्