Logo

ओलीलाई पछि पार्दै मुकुन्दे चर्चामा



काठमाडौं, ११ मंसिर । यतिबेला नेकपा एमालेको महाधिवेशन चितवनमा चलिरहेको छ । सबैको ध्यान केपी शर्मा ओलीतर्फ छ । ओली नेपालीमध्ये सामाजिक सञ्जालमा बढी खोजी गरिएकामा परेका छन् । तर, आज ओलीलाई पछि पार्दै मुकुन्द घिमिरे चर्चामा पुगेका छन् ।

मुकुन्देले अचानक इनगेजमेन्टको तस्बिर सामाजिक सञ्जालमा राखेर ध्यान आफूतर्फ खिचे । सामाजिक सञ्जालका चर्चित पात्र मुकुन्देले झापा सुरङ्गाकी इन्दिरा संग्रौलासँग इनगेजमेन्ट गरेका हुन् । उनीहरुबीच २७ मंसिरमा विवाहको टुंगो समेत लागिसकेको छ ।

अहिले मुकुन्दे सामाजिक सञ्जालमा बढी हेरिएका र खोजिएकामा परेका छन् । उनको इनगेजमेन्टको खबरहरु भाइरल भएका छन् ।

इन्दिराले एमए उत्तीर्ण गरेकी छिन् । उनी चितवनको मेघौलीस्थित दश जोड दुईमा अध्यापन गराउँछिन् ।



प्रतिक्रिया दिनुहोस्