Logo

चितवन: आगलागीमा परेर दुई बालकको मृत्यु



चितवन, मंसिर १२ । चितवनको राप्ती नगरपालिकाको एउटा घरमा शनिबार भएको आगलागीमा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा आगलागी भएको थियोे ।

आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरीतर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागीबाट घर, घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्ण रुपमाजलेर नष्ट भएको छ । घरमा अभिभावक नभएको समयमा आगलागी भएको प्रहरीले जनाएको छ ।

सोलारको ब्याट्री सर्टको कारण आगलागी भएको अनुमान गरिएको छ । शनिबार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्