Logo

अफ्रिकामा नयाँ भेरियन्ट भेटिएसँगै त्रास बढ्न थाल्यो, अझै नेपालमा कति छन् कोरोना खोप लगाउन बाँकी ?



काठमाडौं, १२ मंसिर कोरोना भाइरस करीब २ वर्ष अगाडी चीनको बुहानबाट सुरु भएको थियो । उत्पन्न भएको २ वर्षमा विश्वभरका ५२ लाख बढी मानिसहरुले कोरोना भाइरसकै कारण ज्यान गुमाइसकेका छन् ।

देशभर ३ करोड ३ लाख ७८ हजार ५५ कुल जनसंख्या मध्ये कोरोना भाइरसविरुद्धको खोप नेपालमा ५८ दशमलव ७ प्रतिशतले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ३१ दशमलव ४ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने दोस्रो मात्रा २७ दशमलव ३ प्रतिशतले लगाएका छन् ।

मन्त्रालयको अनुासर खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल १ करोड ७८ लाख ३३ हजार ८ सय १० जनाले खोप लगाएका छन् । कम्तीमा एक मात्रा ९५ लाख ४३ हजार ४०८ जनाले लगाएका छन् भने खोपको पुर्णमात्रा ८२ लाख ९० हजार ४०३ जनाले लगाएको मन्त्रालयको भनाई छ ।

हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्