Logo

आज १ सय ५८ संक्रमित थप, ३ सय निको



काठमाडौं, १२ मंसिर । आज नेपालमा कोरोना भाइरसका १ सय ५८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ८ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख २ हजार ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट १ सय ५४ र एन्टिजेन विधिबाट ४ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्