काँग्रेसमा ४४ जिल्लाको सभापति चुनिँदासम्म संस्थापनको २४, इतर पक्षको २० (सूचीसहित)


काठमाडौं, १२ मंसिर । नेपाली काँग्रेसको ४४ जिल्लाको सभापति चयन भएका छन् । जसमध्ये संस्थापन पक्षका २४ र इतर पक्षका २० जना निर्वाचित भएका छन् ।

जिल्लाहरुमा संस्थापन पक्षकै फुटका कारण इतर समूहले फाइदा लिएको छ । कतिपय जिल्लामा इतर पक्षको फुटका कारण संस्थापन पक्षले फाइदा लिएको छ ।

संस्थापन पक्ष
ताप्लेजुङ– गजेन्द्रप्रसाद तुमयाहाङ
हुम्ला– मोहनविक्रम सिंह
रामेछाप– पूर्णबहादुर तामाङ
मुगु– ऐनबहादुर शाही
बझाङ– खड्क बोहरा
म्याग्दी– खमबहादुर गर्जुजा
मनाङ– शंकर गुरुङ
सल्यान– केशरबहादुर बिष्ट
डोल्पा– दीपेन्द्र शाही
डडेल्धुरा– भीमबहादुर साउद
जुम्ला– कर्णबहादुर शाही
जाजरकोट– बेदराज सिंह
पाँचथर– रुपनारायण जवेगु
लमजुङ– डा. टकबहादुर गुरुङ
डोटी– नरेन्द्रबहादुर सिंह
ओखलढुंगा– तेजेन्द्र खनाल
पर्वत– युवराज जोशी
रुकुम– पश्चिम प्रेमप्रकाश ओली
इलाम– डम्बर खड्का
स्याङ्जा– राजु थापा
कास्की– किशोरदत्त बराल
काभ्रे– तीर्थ लामा

संस्थापन इतर समूह
संखुवासभा– दीपक खड्का
कालिकोट– अम्मरबहादुर शाही
दोलखा– बर्मा लामा
मुस्ताङ– रोमी गौचन
रुकुम पूर्व– केशरमान रोका
गोरखा– नन्दप्रसाद न्यौपाने
बाजुरा– रामसिंह रावल
अर्घाखाँची– केशव श्रेष्ठ
प्यूठान– विष्णुकुमार गिरी
बैतडी– चतुरबहादुर चन्द
भोजपुर– बिनोद वान्तवा
तेह्रथुम– अर्जुनबहादुर तुमबाहाङ्फे
रोल्पा– किशोर आचार्य
खोटाङ– विष्णुकुमार राई
नवलपरासी पश्चिम– अर्जुनकुमार पोखरेल
पाल्पा– हिमालदत्त श्रेष्ठ
नुवाकोट– रमेश महत
दार्चुला– ललितसिंह बोहरा
दाङ– शंकर डाँगी
ललितपुर– जीतेन्द्र श्रेष्ठ

Skip This

Omoda E5 Pro