Logo

अध्यक्ष मण्डल बैठक जारी : रावल र भुसाल सहमत नभए आन्तरिक चुनाव हुने



चितवन, १२ मसिंर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नयाँ केन्द्रीय कमिटीमा असहमति भएका पदमा चुनाव हुन सक्ने देखिएको छ ।  मुख्यत: भीम रावलले अध्यक्ष र घनश्याम भुसालले आन्तरिक प्रतिस्पर्धा गर्ने अडान राखिराखेमा अध्यक्ष ओलीले आन्तरिक चुनावको घोषणा गर्नेछन् ।

अध्यक्ष मण्डलको बैठकमा सकेसम्म सहमति खोज्ने तर त्यहाँ सहमति नभए चुनावको घोषणा गर्नेछन् । ओलीनिकट नेताकाअनुसार अध्यक्ष मण्डलको बैठकमा यो विषयमा छलफलसमेत भएको छ । मण्डलको बैठक जारी छ ।

सर्वसम्मत नेतृत्व चयनका लागि ओलीले रावललाई उपाध्यक्ष र भुसाललाई उपमहासचिवको प्रस्ताव गरेका छन् । तर रावलले अध्यक्ष र भुसालले उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने अडान लिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्