Logo

अध्यक्षमा ओलीले पनि दर्ता गरे उम्मेदवारी : विष्णु पौडेल प्रस्तावक, शंकर पोखरेल समर्थक



काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै आज बिहान ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीलाई विष्णु प्रसाद पौडेलल प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्