Logo

तस्विरमा हेर्नुहोस एमाले अध्यक्षमा केपी ओलीको मनोनयन दर्ता



सौराहा, १३ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा उम्मेद्धवारी दर्ता गराएका छन् । यसअघि अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएका थिए । रावलले अध्यक्षमा उम्मेद्धवारी दिएछि अध्यक्ष ओलीले पनि मनोनयन दर्ता गराएका छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल रहेका छन् भने शंकर पोखरेल समर्थक रहेका छन् ।

एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो । रावल र भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् । अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन । NewsKarkhana



प्रतिक्रिया दिनुहोस्