Logo

ओमिक्रोन भेरियन्ट कुन–कुन मुलुकमा फैलियो, नेपालमा जोखिम कति ?



एजेन्सी, १३ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट हालसम्म १० भन्दा बढी मुलुकमा फैलिइसकेको छ । दक्षिण अफ्रिकालगायत १० राष्ट्रमा पछिल्लो समयमा भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले नेपाललाई पनि सचेत रहन सुझाव दिएको छ ।

इटाली, जर्मनी, अष्ट्रेलिया, नेदरल्याण्ड, बोत्सना, हङकङ, इजरायल, बेल्जियम र चेक गणतन्त्रमा नयाँ ओमिक्रोन भेरियन्ट फैलिएको एजेन्सीले जनाएको छ । बेलायतले अफ्रिकाबाट आउने यात्रुहरुलाई निषेध गरेको छ भने जापानमा पनि विदेशी यात्रुहरुलाई प्रवेश निषेध गरिएको छ । हालसम्म कोरोना भाइरसको ओमिक्रोनबाट कोही संक्रमित फेला परेका छैनन् ।

भारतमा ओमिक्रोन फैलिएमा नेपालमा त्यसको द्धाडो भन्दा चाडो गम्भिर असर पर्न सक्ने आंकलन गरिएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय २४ जनाले कोरोना संक्रमणबाटै ज्यान गुमाईसकेका छन् । त्यसैगरी, ८ लाख २१ हजार १ सय २१ जना हालसम्म संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्