Logo

ओमिक्रन कोरोना भाइरसको केन्द्रबिन्दु बन्दै यूरोप



एजेन्सी, १४ मंसिर । अफ्रिकाभन्दा पहिले यूरोपमा ओमिक्रन कोरोना भाइरसको प्रजाति फैलिएको तथ्य खुलेको छ । अहिले यूरोप ओमिक्रनको केन्द्रबिन्दु बन्दै गएको छ ।

यूरोपको नेदरल्यान्ड्समा अफ्रिकामा भन्दा पहिले ओमिक्रन रहेको तथ्य खुलेको छ । नेदरल्यान्डले ओमिक्रन फेला परेको मिति एक हप्ता पहिले नै रहेको स्वीकारेपछि यस्तो तथ्य खुलेको अल जजिराले लेखेको छ । अहिले यूरोपेली संघका १० देशमा ४२ संक्रमित फेला परिसकेका छन् ।

ओमिक्रन कोरोना भाइरसको कडा खालको प्रजाति हो । यो छिट्टै फैलन तथ्य फेला परेको छ । विश्वभर ओमिक्रनको त्रास फैलिइरहेको छ ।

ओमिक्रन प्रजाति फेला परेका देशहरुसँग कतिपय देशले यात्रा प्रतिबन्ध लगाएका छन् । नेपालले पनि यात्रामा कडाई गरेको छ ।



प्रतिक्रिया दिनुहोस्