Logo

प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख



काठमाडौँ, १६ मङ्सिर: प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

उनी यही मङ्सिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचाररत छन् । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपालद्वारा आज यहाँ जारी विज्ञप्तिमा प्रन्या राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्