Logo

१ लाख ८८ हजार मोर्डना खोप भोलि नेपाल आउँदै



काठमाडौं, १६ मंसिर । कोरोना भाइरसविरुद्धको मोर्डना खोप पहिलोपटक नेपालमा ल्याइने भएको छ । सरकारले शुक्रबार (भोली) १ लाख ८८ हजार खोपको मात्रा ल्याउने भएको हो ।

स्वास्थ्य सेवा विभागको अनुसार कोभ्याक्स सुविधा अन्तर्गत नेपालमै पहिलोपटक मोर्डना खोप आउन लागेको हो । यो खोपलाई माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ ।

भोली नेपाल आउने मोर्डना खोप नेपालमा कुन उमेर समुहलाई दिने भन्ने आधिकारीक जानकारी दिइएको भने छैन् ।



प्रतिक्रिया दिनुहोस्