Logo

पछिल्लो २४ घन्टामा ६ जनाको मृत्यु



काठमाडौं, १६ मंसिर । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ३ सय १५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ९ सय ५९ पुगेको छ ।

त्यस्तै, आज २ सय १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ३ हजार ३ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्