Logo

पछिल्लो २४ घन्टामा २ सय ४६ जनामा संक्रमण पुष्टि



काठमाडौं,१७ मंसिर । आज नेपालमा कोरोना भाइरसका २ सय ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार १ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ३ सय ४७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ३ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय २३ र एन्टिजेन विधिबाट २३ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्